Sunday, 27 January 2019

माघ १९ गते बाट बोसन महोत्सव हुदै दक्षिणकाली नगरपालिका १ मा

 काठमाडौ माघ १४ दक्षिणकाली नगरपालिका १ बोसनमा यहि माघ १४ गतेबाट बोशन महोत्सव हुदै
प्रदेश नं ३ का माननीय मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा माघ १९ गते आयोजना हुन गइरहेको दक्षिणकाली बोसन महोत्सवको तयारी तिव्र पारिएको छ ।


दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गरिदैछ । ऐतिहासिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको दक्षिणकाली वडा नं १ पर्यटकका लागी कुरीरहेको दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले बताए ।
काठमाडौंबाट करिव ३ किलोमिटर दक्षिणमा पर्ने बोसनक्षेत्र धार्मिक किम्बदन्तीका साथै देशका विभिन्न मनोरम पक्षलाई एकै स्थानबाट एकै पटक एकै समयमा नियाल्न सकिने एक मात्र क्षेत्र दक्षिणकाली नगरपालिकामा रहेको दक्षिणकाली बोसन महोत्सव उपसिमितिका संयोजक तथा दक्षिणकाली नगरपालिका वडा १ का वडा अध्यक्ष जय थापा मगरले बताए ।


पर्यटन प्रवद्र्धनका लागी आयोजना गर्न लागीएको बोसन महोत्सवको तयारीलाई तिव्रता दिने क्रममा आज माघ १३ गते सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । १८ औं शसस्त्र प्रहरी दिवसको उपलक्ष्यलाई जोड्दै बोशन हाईकिङ्ग रुट र कार्यक्रम स्थल सरसफाई अभियानलाई तिव्रता दिइएको सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काले जानकारी दिनुभयो ।
माघ १९ को प्रतिक्षामा रहेका स्थानिय वासीहरुमा महोत्सवको तयारीले निक्कै उत्साह बढिरहेको स्थानिय वासीहरुले बताए । महोत्सवमा चम्पादेवी पाउँको शिलान्यास, ४ वटा होमस्टेको उद्घाटन, स्थानिय खानाको परिकार, साहसिक खेलका साथ राष्ट्रिय कलाकार तथा स्थानिय कलाकाहरुको बेजोड प्रस्तुती रहने नगरपर्यटन विकास बोर्डका सदस्य दिपक लामिछानेले बताए ।

भोली माघ १४ गते विहान ८ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको दक्षिणकाली नगरपालिका, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञावलीले जानकारी दिए ।

No comments:

Post a Comment