Sunday, 27 January 2019

सेवा सुविधा बपत आएको रकम एम्बुलेन्समा लागानी उपामेयर बसन्ति तामाङ ढंगोल

काठमाडौ माघ १४ दक्षिणकाली नगरपालिकाकी उपामेयर बसन्ती तामाले
गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो ।

तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गरेकी छिन् । ‘मेरो सवारी सुविधाका लागि ३० लाख रकम छुट्टयाइएको थियो तर मलाई लिन मन लागेन’ उनले भनिन् ‘एम्बुलेन्स नभएपछि गाउँमा विरामीहरुले ज्यान गुमाइरहेका छन् ।

सुविधाका गाडी लिनुभन्दा विरामी बोक्ने एक्बुलेन्स किन्न पैसा दिन उपयुक्त ठाने । एम्बुलेन्स खरिदका लागी उनले ५ लाख दिएकी छिन् । बचेको रकम उनले शिक्षा क्षेत्रमा खर्च गरेकी छिन् । कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट पुगेन। उनले बिद्यालयलाई सवारी सुविधाको रकम दिइन ।

‘गाडी भन्ने कुरा त पछि पनि चडौला, तर अहिले कृृषि प्राविधिक बिद्यालय चल्न आवश्यक परयो’ उनले भनिन् । २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक चलाउन रकम दिएकी छिन् ।

No comments:

Post a Comment