Sunday, 27 January 2019

माघ १९ गते बाट बोसन महोत्सव हुदै दक्षिणकाली नगरपालिका १ मा

 काठमाडौ माघ १४ दक्षिणकाली नगरपालिका १ बोसनमा यहि माघ १४ गतेबाट बोशन महोत्सव हुदै
प्रदेश नं ३ का माननीय मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा माघ १९ गते आयोजना हुन गइरहेको दक्षिणकाली बोसन महोत्सवको तयारी तिव्र पारिएको छ ।


दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गरिदैछ । ऐतिहासिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको दक्षिणकाली वडा नं १ पर्यटकका लागी कुरीरहेको दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले बताए ।
काठमाडौंबाट करिव ३ किलोमिटर दक्षिणमा पर्ने बोसनक्षेत्र धार्मिक किम्बदन्तीका साथै देशका विभिन्न मनोरम पक्षलाई एकै स्थानबाट एकै पटक एकै समयमा नियाल्न सकिने एक मात्र क्षेत्र दक्षिणकाली नगरपालिकामा रहेको दक्षिणकाली बोसन महोत्सव उपसिमितिका संयोजक तथा दक्षिणकाली नगरपालिका वडा १ का वडा अध्यक्ष जय थापा मगरले बताए ।


पर्यटन प्रवद्र्धनका लागी आयोजना गर्न लागीएको बोसन महोत्सवको तयारीलाई तिव्रता दिने क्रममा आज माघ १३ गते सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । १८ औं शसस्त्र प्रहरी दिवसको उपलक्ष्यलाई जोड्दै बोशन हाईकिङ्ग रुट र कार्यक्रम स्थल सरसफाई अभियानलाई तिव्रता दिइएको सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काले जानकारी दिनुभयो ।
माघ १९ को प्रतिक्षामा रहेका स्थानिय वासीहरुमा महोत्सवको तयारीले निक्कै उत्साह बढिरहेको स्थानिय वासीहरुले बताए । महोत्सवमा चम्पादेवी पाउँको शिलान्यास, ४ वटा होमस्टेको उद्घाटन, स्थानिय खानाको परिकार, साहसिक खेलका साथ राष्ट्रिय कलाकार तथा स्थानिय कलाकाहरुको बेजोड प्रस्तुती रहने नगरपर्यटन विकास बोर्डका सदस्य दिपक लामिछानेले बताए ।

भोली माघ १४ गते विहान ८ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको दक्षिणकाली नगरपालिका, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ज्ञावलीले जानकारी दिए ।

सेवा सुविधा बपत आएको रकम एम्बुलेन्समा लागानी उपामेयर बसन्ति तामाङ ढंगोल

काठमाडौ माघ १४ दक्षिणकाली नगरपालिकाकी उपामेयर बसन्ती तामाले
गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो ।

तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गरेकी छिन् । ‘मेरो सवारी सुविधाका लागि ३० लाख रकम छुट्टयाइएको थियो तर मलाई लिन मन लागेन’ उनले भनिन् ‘एम्बुलेन्स नभएपछि गाउँमा विरामीहरुले ज्यान गुमाइरहेका छन् ।

सुविधाका गाडी लिनुभन्दा विरामी बोक्ने एक्बुलेन्स किन्न पैसा दिन उपयुक्त ठाने । एम्बुलेन्स खरिदका लागी उनले ५ लाख दिएकी छिन् । बचेको रकम उनले शिक्षा क्षेत्रमा खर्च गरेकी छिन् । कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न बजेट पुगेन। उनले बिद्यालयलाई सवारी सुविधाको रकम दिइन ।

‘गाडी भन्ने कुरा त पछि पनि चडौला, तर अहिले कृृषि प्राविधिक बिद्यालय चल्न आवश्यक परयो’ उनले भनिन् । २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक चलाउन रकम दिएकी छिन् ।

Saturday, 12 January 2019

दाइजो रकम गुम्बा लाइ हस्तान्तरण

मकवानपुर पुष २९
। नुवाकोट जिल्ला शिवपुरि गाउपालिका १ तलाखु मान्दोङ रबतासे स्थायि निवासि लोरेङ्गे तामाङ ज्युको सुपुत्र हाल अ्मेरिका वासिङ्टन डिसि निवासि शेर बहादुर तामाङ (शैला तामाङ) ज्यु र मकवानपुर जिल्ला इन्द्रसरोवर गाउपालिका ४ फाखेल निवासि धिराज बल लामा ज्युको सुपुत्री छिरिङ बल तामाङ ज्युले आफ्नो बिबाहमा दाइजो बापत माइति बाट प्राप्त भएको नगद रु १०११५५ (एक लाख एक हजार एक सय पचपन्न) स्थानिय रिगडुग दोङडुप लिङ गुम्बा निर्माणको निम्ति गुम्बा ब्यबस्थापन समितिका उपाध्यक्ष चन्द्र बल ज्युलाइ हस्तान्तरण गर्नुभयो ।


यसरि दाइजो बापत प्राप्त भएको रकम पुन्य कर्मको निम्ति लगाउनु भएर समाज मा उदाहरणीय काम गर्नु भएको छ ।उहाँहरुको दम्पति बाट सवैले शिक्षा लिन सक्नु पर्छ ।

Friday, 11 January 2019

महाचुनी कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

मकवानपुर पुष २८
उत्तरी मकवानुपरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा श्री महाचुनी कृषि सहकारी संस्थाको पाचाैं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामा ज्यूकाे प्रमुख अातिथ्यतामा तथा रामकृष्ण कार्किज्यूकाे सभाध्यक्षतामा अध्यक्ष जयन्द्र लामा सहित ९ जनाकाे कार्य समिति तथा ३ जनाकाे लेखा समिति गठन भएको छ

Tuesday, 8 January 2019

अशोक तामाङ र निर्मला घिसिङको नयाँ ल्होछार गीत बजारमा

मकवानपुर तामाङ https://youtu.be/QtBTtMnHwp4  गीत सांगीतिक दुनियाँमा दैनिकजसो नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। त्यस्तै गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको “जेबा म्राङसी” म्युजिक भिडियो सोमबार सार्वजनिक गरेको हो ।
गायक अशोक तामाङले दर्जनौ तामाङ, तामाङ सेलो गीतहरुमा स्वर दिइसकेका छन् ।भने गायिका निर्मला घिसिङ हल गीत संगीतका क्षेत्रमा निकै व्यस्त गायिका हुन ।
यस तामाङ गीतको शब्द कुमार स्याङबाको भने, संगीत निमा दोङले गरेका थिए ।उक्त म्युजिक भिडियोमा अभिनय अभि तामाङ र साहीन तामाङले गरेका छन् ।
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारलाई लक्षित गरेर भिडियोलाई सार्वजनिक गरेको निर्देशक सुर्य लामाले जानकारी दिनुभयो । अझै ल्होछारलाई लक्षित गरेर धेरै गीतहरु छायांकन गर्दै गरेको लामाले जनाएको छ ।
उक्त म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादक सुर्य लामाले गरिएको हो भने
मिडियाले जेबा म्राङसीको भिडियो स्वयम्भू पारी सेतो गुम्बाको पछाडि छायांकन गरेको गायक अशोक लामाले जनाएको छ । उक्त गीतको भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो ।
गायक अशोक तामाङले आगामी दिनहरुमा दर्शक र श्रोताको इच्छा अनुसारको गीतहरु बजारमा ल्याउने प्रतिबद्धता समेत गर्नुभएको थियोे ।  https://youtu.be/QtBTtMnHwp4