Sunday, 12 May 2019

बिक्रम डिम्डुङ मोडलिङमा मोह

मकवानपुर बैशाख २९
,
  इन्द्रसरोबर गाउँपालिका ४, फाखेल स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आईरहेका उदयमान मोडल तथा कलाकार बिक्रम डिम्डुङ तामाङ अहिले आफुलाई मोडलिङ तथा कलाकारिताको क्षेत्रमा परिचय बनाउदै अगाडी बढिरहेका छन् ।

सानै उमेर देखि मोडलिङमा रुचि राख्ने बिक्रम तामाङको चक्लेटि अनुहार, आकर्षक व्यक्तित्व, मिजासिलो, मिलनसार स्वभावका कारण पनि उनिसँग काम गर्न सहज महसुस हुने छ ।

नृत्य र अभिनयमा पोख्त बिक्रम तामाङले केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्कुले जीवनमा विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा दर्शक र स्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल तामाङ यतिबेला राजधानीका स्तरिय होटलमा कुकिङ पेशामा सकृय छन् ।

‘कुकिङ आफ्नो मुल काम भएपनि कलाकारिताको क्षेत्रमा केही गर्ने चाहना पहिले देखि नै थियो अहिले आएर पुरा हुने अवस्थामा आईपुगेको छ’ उनले भने ।

No comments:

Post a Comment