Wednesday, 1 May 2019

प्रचार नहुदा चौकट देवी ओझेलमा यसमा ध्यान कसैको पनि पुगेन

मकवानपुर बैशाख १८
इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको संगम क्षेत्रमा पर्ने
हुमाने भञ्ज्याङमा रहेको चौकट देबी फर्पिङ बजार देखी करीब २५ मिनेट दक्षिण तर्फ लाग्दा पुगिन्छ हुमाने भञ्ज्याङ । अनी त्यही भञ्ज्याङबाट अली माथि छ रमणिय धार्मिक क्षेत्र चौकोट देबी । डाँडाको टुप्पोमा अबस्थित यस मन्दिरमा बैशाख १ गते बिशेष भिड हुन्छ । मन्दिर बाट २० मिनेट वरै मोटर रोकेर उकालो उक्लेपछी पुगिन्छ चौकोट देबी । मकवानपुर र काठमाडौलाई जोड्ने देबिको रुपमा समेत चिनिएको छ यस देबीथानबाट फर्पिङ बजार लगायत मकवानपुरका ग्रामीण भाग अनी काठमाडौ उपत्यका र ललितपुरका केही भागको दृश्य मनमोहक देखिन्छ । सुन्दर डाँडाकाडाको बिचमा अबस्थित यस क्षेत्र पर्यटकिय दृष्‍टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक , पर्यटकिय , बातावरणिय रुपले एउटा बलियो सम्भावना बोकेको क्षेत्र हो चौकोट देबी । आवश्यक पूर्वधारको ब्यबस्था हुने हो भने यो क्षेत्र एउटा गतिलो गन्तब्य बन्न सक्छ । यसको लागि नगरपालिका , सम्बन्धित निकाय र स्थानियको पनि उत्तिकै अग्रसरता हुनु जरुरी छ । आवश्यक प्रचार प्रसारको कमिले खासै चर्चामा न आएपनी यस क्षेत्रको सुन्दरताले जो कोहीको मन लोभ्याउने चाँही पक्का छ अझ प्रक्रिती प्रेमीका लागि यो एउटा उत्तम स्थल बन्न सक्छ । तसर्थ आन्तरिक पर्यटनमा टेवा दिन यस्ता क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक देखिन्छ ।

No comments:

Post a Comment