Sunday, 12 May 2019

बिक्रम डिम्डुङ मोडलिङमा मोह

मकवानपुर बैशाख २९
,
  इन्द्रसरोबर गाउँपालिका ४, फाखेल स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आईरहेका उदयमान मोडल तथा कलाकार बिक्रम डिम्डुङ तामाङ अहिले आफुलाई मोडलिङ तथा कलाकारिताको क्षेत्रमा परिचय बनाउदै अगाडी बढिरहेका छन् ।

सानै उमेर देखि मोडलिङमा रुचि राख्ने बिक्रम तामाङको चक्लेटि अनुहार, आकर्षक व्यक्तित्व, मिजासिलो, मिलनसार स्वभावका कारण पनि उनिसँग काम गर्न सहज महसुस हुने छ ।

नृत्य र अभिनयमा पोख्त बिक्रम तामाङले केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्कुले जीवनमा विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा दर्शक र स्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल तामाङ यतिबेला राजधानीका स्तरिय होटलमा कुकिङ पेशामा सकृय छन् ।

‘कुकिङ आफ्नो मुल काम भएपनि कलाकारिताको क्षेत्रमा केही गर्ने चाहना पहिले देखि नै थियो अहिले आएर पुरा हुने अवस्थामा आईपुगेको छ’ उनले भने ।

Thursday, 9 May 2019

५८ औ अभिभावक भेला कालिका मा बि फाखेलचौरमा २८ गते हुने

मकवानपुर बैशाख २७
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको श्री कालिका माध्यमिक बिधालयको ५८ औ वार्षिक अभिभावक भेला हुने भएको छ यहि मिति २०७६\१\२८ गते शनिवारको दिन हुने भएको छ यस कार्यक्रममा प्रमुख अथिति रामनाराय बिडारी आउनु हुने भएको छ साथमा कृषि प्रविधिक कक्षा संचालन डिजिटल स्मार्ट कक्षा ict बाल उधान र मण्टेश्वरी बिधि सहितको ECED कक्षाको उद्घाटन गरिने र साथमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम पनि रहेको छ कलाकारहरु गायक अशोक तामाङ गायक सरोज लामिछाने गायक रबिन्द्र लामा गायिका चिजा तामाङ नृत्यमा स्वरुपा बल हाँस्य कलाकारमा बिजय बि.सि रहेको छ

Thursday, 2 May 2019

कालिका मा बि मा फाखेलमा ५ दिने मण्टेश्वरी तालिम सम्पन्न

मकवानपुर बैशाख २०
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल चौरको श्री कालिका मा बि फाखेलचौरमा इ.सि. डी. मण्टेश्वरी ५ दिने तालिम सम्पन्न भएको छ यस कार्यक्रमको प्रमुख अथितिमा इन्द्रसरोवर गाउँपालिक अध्यक्ष जीवन लामा त्यसै गरि सभा अध्यक्षता यसै वडा नम्बर ४ का वडा अध्यक्ष धनबीर स्याङ्तान बिशेष अथिति सैलेन्द्र भण्डारी प्रशिक्षक सति देवी बलामी रहेको थियो

Wednesday, 1 May 2019

प्रचार नहुदा चौकट देवी ओझेलमा यसमा ध्यान कसैको पनि पुगेन

मकवानपुर बैशाख १८
इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको संगम क्षेत्रमा पर्ने
हुमाने भञ्ज्याङमा रहेको चौकट देबी फर्पिङ बजार देखी करीब २५ मिनेट दक्षिण तर्फ लाग्दा पुगिन्छ हुमाने भञ्ज्याङ । अनी त्यही भञ्ज्याङबाट अली माथि छ रमणिय धार्मिक क्षेत्र चौकोट देबी । डाँडाको टुप्पोमा अबस्थित यस मन्दिरमा बैशाख १ गते बिशेष भिड हुन्छ । मन्दिर बाट २० मिनेट वरै मोटर रोकेर उकालो उक्लेपछी पुगिन्छ चौकोट देबी । मकवानपुर र काठमाडौलाई जोड्ने देबिको रुपमा समेत चिनिएको छ यस देबीथानबाट फर्पिङ बजार लगायत मकवानपुरका ग्रामीण भाग अनी काठमाडौ उपत्यका र ललितपुरका केही भागको दृश्य मनमोहक देखिन्छ । सुन्दर डाँडाकाडाको बिचमा अबस्थित यस क्षेत्र पर्यटकिय दृष्‍टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक , पर्यटकिय , बातावरणिय रुपले एउटा बलियो सम्भावना बोकेको क्षेत्र हो चौकोट देबी । आवश्यक पूर्वधारको ब्यबस्था हुने हो भने यो क्षेत्र एउटा गतिलो गन्तब्य बन्न सक्छ । यसको लागि नगरपालिका , सम्बन्धित निकाय र स्थानियको पनि उत्तिकै अग्रसरता हुनु जरुरी छ । आवश्यक प्रचार प्रसारको कमिले खासै चर्चामा न आएपनी यस क्षेत्रको सुन्दरताले जो कोहीको मन लोभ्याउने चाँही पक्का छ अझ प्रक्रिती प्रेमीका लागि यो एउटा उत्तम स्थल बन्न सक्छ । तसर्थ आन्तरिक पर्यटनमा टेवा दिन यस्ता क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक देखिन्छ ।