Friday, 14 December 2018
इन्द्रसरोवरमा काठमाडौबाट पिकनिकका लागि हिडेको कलेजको बस दुर्घटना
उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २\४ को सिमनामा महालक्ष्मीखोला बस दुर्घटना
काठमाडौबाट पिकनिक लागि कुलेखानी मार्खु जाँदै गरेको बस दुर्घटना भएको हो बा ५ ख ६६ नम्बरको बस इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर को सिमनामा पर्ने महालक्षमीखोलाको पुलमा दुर्घटना भएको हो बसमा अनुमानित ३५ जानजति सवार रहेको थियो अहिले घाइते १० जानलाई फाखेल स्वास्थ्य चौकिमा उपचार भैराखेको वडा नम्बर ४ को वडा अध्यक्ष धनवीर स्याङ्तानले जानकारी दिनु भएको थियो
नेपाल टेलिकमले इन्टरनेटको मुल्य घटाउने
नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्।
सेतोपाटीबाट
Thursday, 13 December 2018
तुलसिपुरको एक पसलमा भिषण आगलागी
२८ मंसिर / तुलसीपुरको एक जुतापसलमा भीषण आगलागी भएको छ । तुलसीपुर ५ बीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा आगलागी भएको प्रहरीले बताएको छ । शुक्रबार बिहान सवा ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना , स्थानीय खटिएका छन् ।
Thursday, 6 December 2018
परिवर्तनशिल महिला अधिकार एक सफल काममा एकल महिलाहरू हार्षित
उत्तरी मकवानपुरको इन्द्रसरोवरर गाउँपालिका वडा नम्बर ४ फाखेल मकवानपुरमा श्री परिवर्तनशिल महिला अधिकार मञ्च द्धारा गत आर्थिक बर्ष ०७३\०७४ को महिला लक्षित बजेट इन्द्रसरोवर गाउँपालिक वडा नम्बर ४ वडा कार्यलयले बनाएको योजनामा इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा रु २ लाख ४० हजार उपलब्ध गराउँनु भएमा एकल महिलालाई बीउ बिजन वितरण गरिएकोमा राम्रो परिणाम आएको छ जस्मा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल राकाशखोला निवासी फुल माया डिम्डुङलाई दिएको ४०० ग्राम गाँजर बाट रु ५१ हजार ५ सय ५० र धनिया १ के जि बाट रु ८००० रुपैया पैसा आयत गर्नु भएको थियो त्यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल पुरण्डि चौतरा निवासी बुद्धि माया डिम्डङले १ केजि धनियाबाट रु २० हजार र १०० ग्राम गाँजरबाट रु ७५ सय कमाउँन सफल भएको छ त्यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल पुरण्डि निवासी बिमला रुम्बाले पनि ५ सय ग्राम धनियाबाट ३ हजार र २ सय ग्राम गाँजरबाट ६० हजार १ सय १० आर्जन गर्नु भएको कुरा बताउनु भएको थियो यस्तै महिला लक्षित कार्यकम सञ्चालन गरि महिलाहरुलाई जनचेतना तथा जीवीको पार्जन गर्न जस्ता कार्यक्रम उपलब्धा गराउँनु भएकोमा वडा कार्यलयलाई र गाउँपालाईलाई यस परिवर्तनशिल महिला अधिकार मञ्चको अध्यक्ष उमा तामाङले धन्यवाद ब्यक्त गर्नु भएको थियो
Monday, 3 December 2018
गाउँले सबैको आँखाबाट आँसु झर्यो
सबैको आँखामा आँसु भिडियो सहित हेर्नु होला
https://youtu.be/QgzNbZ_WF-s
डिजेल र पेट्रोलको मुल्य घट्यो
काठमाडौ मंसिर १७
पेट्रोल र डिजेलको मुल्य घट्यो २\२ रुपैयाले आज रातीबाट लागु हुने गरी अब ११२ रुपैयामा पेट्रोल र डिजेल ९९ रुपैयामा पाउँने भएको छ
Sunday, 2 December 2018
गतिशिल साना किसान कृषि सहकारी र फाखेल कृषि सहकारी वार्षिक साधारण सभा हुने
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा गतिशिल साना किसानको कृषि सहकारी संस्था लि• को प्रथम साधारण सभा तथा फाखेल कृषि सहकारी संस्था लि• को चौथो वार्षिक साधारण सभा हुने भएको छ यस कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्री पदमा कुमारी अयार्ल र विशेष अतिथिमा नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष खेम बहादुर पाठाक लगायत रास्ट्रिय ख्यातिप्राप्त कलाकारहरुद्धरा विविध साँस्कृतिक कार्यक्रम हुने कलाकारहरूमा गायक अशोक तामाङ रबिन्द्र लामा लगायत इन्द्रेणी टिम आउनु हुने भएको छ सम्पुर्ण सेयर सदस्य ज्युहरुमा उपस्थिको हार्दिक अनुरोध गर्दा छौ
Thursday, 20 September 2018
फाखेलमा पनि सवारी साधन नचाल्द सर्वसाधरण मारम
मकवानपुर असोज ५
मकवानपुरको उत्तरी इन्द्रसरोवर गाउँपालिकामा
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि फाखेलमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् । निजि सवारी साधनहरू भने फट्टफुट्ट चलिरहेका छन ।
Tuesday, 4 September 2018
ट्राफिक नियम पालन नगर्नेलाई खाजा र चकलेट उपहार
गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।
अचेल छडके जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएनभएको चेक गर्न प्रहरीले छडके जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।
‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’,
यो खबर आजको कान्तिपुर दैनिकका छापिएको छ ।
सिस्नेरीमा तिज विशेष कार्यक्रम हुने
मिति २०७५ भदौ १९ काठमाडौ
नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा मकवानपुरको ईन्द्रसरोवर-३ नारायणथानमा तिज विशेष सास्कृतिक कार्यक्रम हुने भयको छ ।
विभिन्न राष्ट्रिय कलाकारको सहभागितमा यहि मिति २०७५ भदौ २७ गते कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त गायक गायिका अशोक तामाङ , सुनिला गुरुङ, सरोज लामिछाने लगायत नृत्यकार सुभाष लामा र मिलन तामाङको बेजोड सास्कृतिक प्रस्तुति हुनेछ । कार्यक्रम सब्य र भब्य बनाउन यतिबेला आयोजकहरु पुर्णरुपमा तयारीमा जुटिरहेका छन ।
Monday, 3 September 2018
टेलिकमको मोबाइल सेवा सञ्चालनमा
काठमाडौं,१९ भदौंः नेपाल टेलिकमको केहिबेर अबरुद्ध भएको मोवाइल सेवा सुरुभएको छ । बिहान केहि बेर जिएसएम अन्तरगतका सबै सेवा अबरुद्ध भएको थियो । जिएसएम मोवाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । अचान आएको प्राविधीक समस्याका कारण मोवाइल सेवा बन्दभएको थियो ।
Monday, 27 August 2018
इन्द्रसरोवरमा बाटोका कारणले बीच बाटोमै ज्यान गएको छ
मकवानपुर भदौ ११ उत्तरी
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी स्वास्थ्य चौकी प्रमुख राम थिङले बाउनु भए अनुसार फास्ट ट्रयाकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा गम्भीर चोट लागेको थियो अनि सिस्नेरी स्वास्थ्य चौकिमा प्रथामिक उपचार पछि काठमण्डौ रिफर गरेको थियो त्यस क्रममा सिस्नेरी पापी खोल्चामा एम्बुलेन्स बाटोमा फसेका कारण हिजो बेलुका ८:०० बजे एक जानको बाटोमै मृत्यु भएको छ दामौली घर भै हाल फास्ट ट्रयाकमा काम गर्दै आउनु भएको आन्दजी उमेर ४५ बर्षको नाम उत्तर बहादुर गुरुङको मृत्यु भएको थियो ना १ झ १५९२ नम्बरको एम्बुलेन्समा सिस्नेरी बाट घाइतेलाई उपचारको लागि काठमाडौ ल्याउदै गर्दा बाटो बिग्रेको कारणले बीचबाटोमै ज्यान गएको छ ।
>
Saturday, 25 August 2018
फर्पिङमा डी आइ गाडी दुर्घटना
काठमाडौ भदौ १०
दक्षिणकाली नगरपालिका बस पार्क स्थित बा ७ च ७२ नम्बरको गाडी काठमाडौंबाट फर्पिङ तर्फ आउदै गर्दा गाडी ब्रेक फेल भएर दुर्घटना हुन पुग्यो तर मानवीय क्षति भने भएको छैन
Thursday, 23 August 2018
अब औषधिको मूल्य सरकारले नै तोक्ने, मनपरी मूल्य लिने फार्मेसीको पसल बन्द हुने
काठमाडौ भदौ ८ देशभरका औषधि पसलले मनपरी मूल्य लिदै बिरामी भएको फाइदा लुटिरहेको बेला अब भने सरकारले यसको समाधान खोज्ने भएको छ । सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ’ भन्ने उल्लेख छ । ‘अब औषधिको अधिकतम् मुल्य तोक्ने नियम बन्छ’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ‘मुलुकमा विक्रिवितरण हुने (स्वदेशी/विदेशी) औषधिमा सरकारले तोकेको अधिकतम् मुल्य भन्दा बढी लिन पाइने छैन।’ आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ । यो खबर अतुल मिश्रले लेखेका हुन् ।
नेपाल सरकारले जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधानसंगै यसको मुल्यसमेत तोक्न सक्ने व्यवस्था गर्न लागेको हो। ‘जेनरिक औषधि भित्रसमेत प्रतिस्पर्धा छ’, ढकालका अनुसार यसले गर्दा विरामीले उचित मुल्यमा औषधि पाउने अवस्था आउने छ।
हालसम्म औषधिमा देखिएको गैरनैतिक क्रियाकलाप, वोनसको होडवाजीलगायतकालाई नियन्त्रण गर्ने एउटै तरिका औषधिको मुल्य सिमा निर्धारण गर्नु रहेको नेपाल फार्मेसी परिषद्का पुर्व अध्यक्ष एवं बरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाई बताउँछन्। उनका अनुसार केहि औषधि कम्पनीहरु औषधि प्रस्तावक र खुद्रा विक्रेता दुवैलाई प्रभावमा लिने रणनीति अपनाउँछन्।
यस अन्तर्गत प्रभावमा पार्न वोनस दिने, लाभको सामाग्री हरु दिने, अन्य प्रकृयाले लाभ दिने आदि गर्दा प्रस्तावक र विक्रि गर्ने त्यहि औषधि लेख्न र बेच्न वाध्य हुन्छन्। सरकारले मुल्य निर्धारण गर्दा नोक्सानी केहि नरहेको दाबी गर्दै यसले उपभोक्तालाई सस्तो मुल्यमा औषधि पाइनेसमेत उनको दाबी छ।
हाल उत्पादक र उपभोक्ताले फाइदा नपाएर वीचका खुद्रा व्यापारीले फाइदा पाइरहेको दाबी गर्दै हुमागाइ भन्छन्, ‘औषधि कम्पनीले ४०–५० प्रतिशत बोनस दिने त्यो वीचकोले खाने उपभोक्ताले केहि नपाउने अवस्था छ।’ औषधिमा वोनस बाहेह खुद्रा व्यापारीले लिने नाफा १६ प्रतिशत रहेको बताइएको छ।
यस्तै थोक औषधि व्यापारीले ७ देखि १० प्रतिशतसम्म नाफा लिन पाउँछन्। यति मात्र नभइ सरकारी, सामुदायिक, निजी, गैरनाफामुलुक जुनसुकै अस्पतालले दक्ष फार्मासिष्टको संलग्नतामा फार्मेसी सेवा आफै सञ्चालन गर्ने व्यवस्थासमेत आवश्यक रहेको अधिकारीहरुको भनाई रहेको छ। नेपाल औषधि व्यवसायी संघको पनि यसमा सहमति रहेको छ।
मुल्य बजारले निर्धारण गर्ने जनाउँदै श्रेष्ठले अगाडी थपे, ‘सरकारले गुणस्तर नियन्त्रण, परीक्षण, कर दिएको वा नदिएको आदि हेर्ने हो।’ मुलुकमा औषधिको वार्षिक कारोवार बारे आधिकारिक तथ्याङ्क नरहेपनि वर्षेनी करिव ४० अर्वको औषधिको व्यापार हुने गरेको आंकलन गरिएको ढकाल बताउँछन।
अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधिको मुल्य तोक्नु पर्ने संघको धारणा रहेको बताउँछन्। श्रेष्ठ भन्छन–‘मुल्यमा धेरै छाडापन बढेको छ।’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष उमेश लाल श्रेष्ठको भने यसमा फरक मत रहेको छ। उनी ‘फ्रि मार्केट इकोनमी’ सरकारले मुल्य तोक्न नहुने बताउँछन्।
श्रेष्ठ प्रश्न गर्छन्, ‘चामल, दाल तेलको मुल्य तोक्न नसकेको सरकारले के आधारमा औषधिको मुल्य तोक्ने, हचुवा आधारमा तोक्ने हो?’ मुलुकमा स्वदेशी औषधि कम्पनीहरुलाइ कुनै पनि राहत, सुविधा आदि नभएको उल्लेख गर्दै जेनरिक बनाउने वित्तिकै औषधि सस्तो हुन्छ भन्ने गलत फहमी रहेको उनले बताए।
औषधिको निश्चित मूल्य तोकेमा सर्बसाधारण निकै लाभान्वित हुनेछन ।