तुलसीपुर
२८ मंसिर / तुलसीपुरको एक जुतापसलमा भीषण आगलागी भएको छ । तुलसीपुर ५ बीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा आगलागी भएको प्रहरीले बताएको छ । शुक्रबार बिहान सवा ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । उनका अनुसार आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना , स्थानीय खटिएका छन् ।

तीन तलाको घर र घरभित्र रहेका सम्पूर्ण समाना पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निश्किएकाले मानबीय क्षति नभएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
घर पूर्ण रुपमा क्षति भएको छ । आगो नियन्त्रण आउन नसकेको र नजिक नजिक घर भएकाले अन्य घरमा पनि आगलागी हुन सक्ने भन्दै आफुहरु सतर्क रहेको प्रहरीलेब बताएको छ । आगलागीको कारण र क्षति भएको एकीन अझै खुल्न सकेको छैन् ।
No comments:
Post a Comment