मकवानपुर बैशाख २९
,
इन्द्रसरोबर गाउँपालिका ४, फाखेल स्थायी घर भई हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आईरहेका उदयमान मोडल तथा कलाकार बिक्रम डिम्डुङ तामाङ अहिले आफुलाई मोडलिङ तथा कलाकारिताको क्षेत्रमा परिचय बनाउदै अगाडी बढिरहेका छन् ।
सानै उमेर देखि मोडलिङमा रुचि राख्ने बिक्रम तामाङको चक्लेटि अनुहार, आकर्षक व्यक्तित्व, मिजासिलो, मिलनसार स्वभावका कारण पनि उनिसँग काम गर्न सहज महसुस हुने छ ।
नृत्य र अभिनयमा पोख्त बिक्रम तामाङले केही म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्कुले जीवनमा विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा दर्शक र स्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल तामाङ यतिबेला राजधानीका स्तरिय होटलमा कुकिङ पेशामा सकृय छन् ।
‘कुकिङ आफ्नो मुल काम भएपनि कलाकारिताको क्षेत्रमा केही गर्ने चाहना पहिले देखि नै थियो अहिले आएर पुरा हुने अवस्थामा आईपुगेको छ’ उनले भने ।
Sunday, 12 May 2019
Thursday, 9 May 2019
५८ औ अभिभावक भेला कालिका मा बि फाखेलचौरमा २८ गते हुने
मकवानपुर बैशाख २७
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा रहेको श्री कालिका माध्यमिक बिधालयको ५८ औ वार्षिक अभिभावक भेला हुने भएको छ यहि मिति २०७६\१\२८ गते शनिवारको दिन हुने भएको छ यस कार्यक्रममा प्रमुख अथिति रामनाराय बिडारी आउनु हुने भएको छ साथमा कृषि प्रविधिक कक्षा संचालन डिजिटल स्मार्ट कक्षा ict बाल उधान र मण्टेश्वरी बिधि सहितको ECED कक्षाको उद्घाटन गरिने र साथमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम पनि रहेको छ कलाकारहरु गायक अशोक तामाङ गायक सरोज लामिछाने गायक रबिन्द्र लामा गायिका चिजा तामाङ नृत्यमा स्वरुपा बल हाँस्य कलाकारमा बिजय बि.सि रहेको छ

Thursday, 2 May 2019
कालिका मा बि मा फाखेलमा ५ दिने मण्टेश्वरी तालिम सम्पन्न
मकवानपुर बैशाख २०
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल चौरको श्री कालिका मा बि फाखेलचौरमा इ.सि. डी. मण्टेश्वरी ५ दिने तालिम सम्पन्न भएको छ यस कार्यक्रमको प्रमुख अथितिमा इन्द्रसरोवर गाउँपालिक अध्यक्ष जीवन लामा त्यसै गरि सभा अध्यक्षता यसै वडा नम्बर ४ का वडा अध्यक्ष धनबीर स्याङ्तान बिशेष अथिति सैलेन्द्र भण्डारी प्रशिक्षक सति देवी बलामी रहेको थियो

Wednesday, 1 May 2019
प्रचार नहुदा चौकट देवी ओझेलमा यसमा ध्यान कसैको पनि पुगेन
मकवानपुर बैशाख १८
इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको संगम क्षेत्रमा पर्ने
हुमाने भञ्ज्याङमा रहेको चौकट देबी
फर्पिङ बजार देखी करीब २५ मिनेट दक्षिण तर्फ लाग्दा पुगिन्छ हुमाने भञ्ज्याङ । अनी त्यही भञ्ज्याङबाट अली माथि छ रमणिय धार्मिक क्षेत्र चौकोट देबी । डाँडाको टुप्पोमा अबस्थित यस मन्दिरमा बैशाख १ गते बिशेष भिड हुन्छ । मन्दिर बाट २० मिनेट वरै मोटर रोकेर उकालो उक्लेपछी पुगिन्छ चौकोट देबी । मकवानपुर र काठमाडौलाई जोड्ने देबिको रुपमा समेत चिनिएको छ यस देबीथानबाट फर्पिङ बजार लगायत मकवानपुरका ग्रामीण भाग अनी काठमाडौ उपत्यका र ललितपुरका केही भागको दृश्य मनमोहक देखिन्छ । सुन्दर डाँडाकाडाको बिचमा अबस्थित यस क्षेत्र पर्यटकिय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक , पर्यटकिय , बातावरणिय रुपले एउटा बलियो सम्भावना बोकेको क्षेत्र हो चौकोट देबी । आवश्यक पूर्वधारको ब्यबस्था हुने हो भने यो क्षेत्र एउटा गतिलो गन्तब्य बन्न सक्छ । यसको लागि नगरपालिका , सम्बन्धित निकाय र स्थानियको पनि उत्तिकै अग्रसरता हुनु जरुरी छ । आवश्यक प्रचार प्रसारको कमिले खासै चर्चामा न आएपनी यस क्षेत्रको सुन्दरताले जो कोहीको मन लोभ्याउने चाँही पक्का छ अझ प्रक्रिती प्रेमीका लागि यो एउटा उत्तम स्थल बन्न सक्छ । तसर्थ आन्तरिक पर्यटनमा टेवा दिन यस्ता क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक देखिन्छ ।
इन्द्रसरोवर गाउँपालिका र दक्षिणकाली नगरपालिकाको संगम क्षेत्रमा पर्ने
हुमाने भञ्ज्याङमा रहेको चौकट देबी

Tuesday, 16 April 2019
दक्षिणकाली नगरपालिका भित्र फोहोर ब्यबस्था नहुदा समस्यमा
काठमाण्डौ बैशख ३
दक्षिणकाली
नगरपालिकाभित्र रहेका कतिपय ठाउँमा फोहरको समस्या छैन , र बजार क्षेत्रमा पनि हाललाई खासै समस्या छ भन्न सकिने अवस्था छैन । तर नगरभित्र यत्रतत्र देखिने फोहरहरुले भोलीको संकेत गर्छ । उचित ब्यबस्थापन गर्न आजै बाट तयार नहुने हो भने यसअले भोलिका दिनमा नगरमा समस्या नल्याउला भन्न सकिन्न । फोहर भन्ने कुरा जो कोहीले पनि स्विकार्ने बिषय हैन तसर्थ कहाँ , कसरी , कहिलेसम्म आदी जस्ता फोहर ब्यबस्थापनका कुरा निती , योजनामा आजै बनाएर लागु गर्न सके पक्कै पनि सुन्दर र नमुना नगरको कल्पनाको लागि सार्थक सिद्द होला कि ! कुहिने अनी नकुहिने फोहरलाई जनताबाटै ब्यबस्थापन गर्ने पहिलो बिकल्प अनी नगरपालिकाले गर्ने ब्यबस्थापन दोश्रो बिकल्प , जे भएपनी नगरपालिका भित्र यो समस्या आउन नदिन दिर्घकालिन रणनिती तथा योजनाको आवश्यकता आजै बाट देखिन्छ । तसर्थ सम्बन्धित निकायको यसमा गम्भिर ध्यान जाओस ।
दक्षिणकाली

Saturday, 6 April 2019
बैशाख १ गते जातिपोखरीमा लाइभ डिजे कन्सार्ट हुने
काठमाडौ चैत २४
नयाँ बर्ष २०७६ को पावन अवसरमा जातिपोखरी सूर्योदय युवा क्लवद्धारा आयोजित कार्यक्रममा DJ live concenrt शुभकामना आदान प्रदान हुने भएको छ यस कार्यक्रममा राष्ट्रिय तथा स्दभथानिय कलाकारहरुको साथमा वेजोड साँस्कृतिक कार्यक्रम हुने भएको छ कलाकारहरु गायक अशोक तामाङ गायिका चिजा तामाङ गायक सरोज लामिछाने गायक रबिन्द्र लामा रञ्जित लामा डिजे डिम्डुङ नृत्य सबिता राणा नृत्य स्वरुपा बल रहेको छ बैशाख १ गते दक्षिणकाली नग
रपालिकाको वडा नम्बर ८ र इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको सिमा क्षेत्रमा पर्ने जातिपोखरी बिहान १० बजे देखि हुने भएको छ
नयाँ बर्ष २०७६ को पावन अवसरमा जातिपोखरी सूर्योदय युवा क्लवद्धारा आयोजित कार्यक्रममा DJ live concenrt शुभकामना आदान प्रदान हुने भएको छ यस कार्यक्रममा राष्ट्रिय तथा स्दभथानिय कलाकारहरुको साथमा वेजोड साँस्कृतिक कार्यक्रम हुने भएको छ कलाकारहरु गायक अशोक तामाङ गायिका चिजा तामाङ गायक सरोज लामिछाने गायक रबिन्द्र लामा रञ्जित लामा डिजे डिम्डुङ नृत्य सबिता राणा नृत्य स्वरुपा बल रहेको छ बैशाख १ गते दक्षिणकाली नग

Monday, 25 March 2019
दक्षिणकाली बाट रत्नपार्क जाँदै गरेको बस दुर्घटना
काठमाडौं चैत १२
। काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ३५ घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ ।
प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जानकारी आएको खड्काले बताए ।
बस घुम्ती सडकमै पल्टिएको छ । सडकमै पल्टिए पनि सवारी आवागमनमा भने बाधा नपुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए ।

Subscribe to:
Posts (Atom)