मकवानपुर असोज ५
मकवानपुरको उत्तरी इन्द्रसरोवर गाउँपालिकामा
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि फाखेलमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् । निजि सवारी साधनहरू भने फट्टफुट्ट चलिरहेका छन ।
Thursday, 20 September 2018
फाखेलमा पनि सवारी साधन नचाल्द सर्वसाधरण मारम
Tuesday, 4 September 2018
ट्राफिक नियम पालन नगर्नेलाई खाजा र चकलेट उपहार
गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।
अचेल छडके जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएनभएको चेक गर्न प्रहरीले छडके जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए।
‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो। जरिवाना नै काट्नुपर्ने हो। तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए। गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि। अरू बेला कारबाही नै हुन्छ।’,
यो खबर आजको कान्तिपुर दैनिकका छापिएको छ ।
सिस्नेरीमा तिज विशेष कार्यक्रम हुने
मिति २०७५ भदौ १९ काठमाडौ
नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा मकवानपुरको ईन्द्रसरोवर-३ नारायणथानमा तिज विशेष सास्कृतिक कार्यक्रम हुने भयको छ ।
विभिन्न राष्ट्रिय कलाकारको सहभागितमा यहि मिति २०७५ भदौ २७ गते कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त गायक गायिका अशोक तामाङ , सुनिला गुरुङ, सरोज लामिछाने लगायत नृत्यकार सुभाष लामा र मिलन तामाङको बेजोड सास्कृतिक प्रस्तुति हुनेछ । कार्यक्रम सब्य र भब्य बनाउन यतिबेला आयोजकहरु पुर्णरुपमा तयारीमा जुटिरहेका छन ।
Monday, 3 September 2018
टेलिकमको मोबाइल सेवा सञ्चालनमा
काठमाडौं,१९ भदौंः नेपाल टेलिकमको केहिबेर अबरुद्ध भएको मोवाइल सेवा सुरुभएको छ । बिहान केहि बेर जिएसएम अन्तरगतका सबै सेवा अबरुद्ध भएको थियो । जिएसएम मोवाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । अचान आएको प्राविधीक समस्याका कारण मोवाइल सेवा बन्दभएको थियो ।