Tuesday, 16 April 2019

दक्षिणकाली नगरपालिका भित्र फोहोर ब्यबस्था नहुदा समस्यमा

काठमाण्डौ बैशख ३
दक्षिणकाली नगरपालिकाभित्र रहेका कतिपय ठाउँमा फोहरको समस्या छैन , र बजार क्षेत्रमा पनि हाललाई खासै समस्या छ भन्न सकिने अवस्था छैन । तर नगरभित्र यत्रतत्र देखिने फोहरहरुले भोलीको संकेत गर्छ । उचित ब्यबस्थापन गर्न आजै बाट तयार नहुने हो भने यसअले भोलिका दिनमा नगरमा समस्या नल्याउला भन्न सकिन्न । फोहर भन्ने कुरा जो कोहीले पनि स्विकार्ने बिषय हैन तसर्थ कहाँ , कसरी , कहिलेसम्म आदी जस्ता फोहर ब्यबस्थापनका कुरा निती , योजनामा आजै बनाएर लागु गर्न सके पक्कै पनि सुन्दर र नमुना नगरको कल्पनाको लागि सार्थक सिद्द होला कि ! कुहिने अनी नकुहिने फोहरलाई जनताबाटै ब्यबस्थापन गर्ने पहिलो बिकल्प अनी नगरपालिकाले गर्ने ब्यबस्थापन दोश्रो बिकल्प , जे भएपनी नगरपालिका भित्र यो समस्या आउन नदिन दिर्घकालिन रणनिती तथा योजनाको आवश्यकता आजै बाट देखिन्छ । तसर्थ सम्बन्धित निकायको यसमा गम्भिर ध्यान जाओस ।

Saturday, 6 April 2019

बैशाख १ गते जातिपोखरीमा लाइभ डिजे कन्सार्ट हुने

काठमाडौ चैत २४
नयाँ बर्ष २०७६ को पावन अवसरमा जातिपोखरी सूर्योदय युवा क्लवद्धारा आयोजित कार्यक्रममा DJ live concenrt शुभकामना आदान प्रदान हुने भएको छ यस कार्यक्रममा राष्ट्रिय तथा स्दभथानिय कलाकारहरुको साथमा वेजोड साँस्कृतिक कार्यक्रम हुने भएको छ कलाकारहरु गायक अशोक तामाङ गायिका चिजा तामाङ गायक सरोज लामिछाने गायक रबिन्द्र लामा रञ्जित लामा डिजे डिम्डुङ नृत्य सबिता राणा नृत्य स्वरुपा बल रहेको छ बैशाख १ गते दक्षिणकाली नगरपालिकाको वडा नम्बर ८ र इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको सिमा क्षेत्रमा पर्ने जातिपोखरी बिहान १० बजे देखि हुने भएको छ