Monday, 25 March 2019

दक्षिणकाली बाट रत्नपार्क जाँदै गरेको बस दुर्घटना

काठमाडौं चैत १२ । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ३५ घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ ।

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जानकारी आएको खड्काले बताए ।

बस घुम्ती सडकमै पल्टिएको छ । सडकमै पल्टिए पनि सवारी आवागमनमा भने बाधा नपुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए ।