Monday, 27 August 2018

इन्द्रसरोवरमा बाटोका कारणले बीच बाटोमै ज्यान गएको छ

मकवानपुर भदौ ११ उत्तरी

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी स्वास्थ्य चौकी प्रमुख राम थिङले बाउनु भए अनुसार फास्ट ट्रयाकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा गम्भीर चोट लागेको थियो अनि सिस्नेरी स्वास्थ्य चौकिमा प्रथामिक उपचार पछि काठमण्डौ रिफर गरेको थियो त्यस क्रममा सिस्नेरी पापी खोल्चामा एम्बुलेन्स  बाटोमा  फसेका कारण हिजो बेलुका ८:०० बजे एक जानको बाटोमै मृत्यु भएको छ दामौली  घर भै हाल  फास्ट ट्रयाकमा काम गर्दै आउनु भएको आन्दजी उमेर ४५ बर्षको नाम  उत्तर बहादुर गुरुङको मृत्यु भएको थियो ना १ झ १५९२ नम्बरको एम्बुलेन्समा सिस्नेरी बाट घाइतेलाई उपचारको लागि काठमाडौ ल्याउदै गर्दा बाटो बिग्रेको कारणले बीचबाटोमै ज्यान गएको छ ।
‌‍>

Saturday, 25 August 2018

फर्पिङमा डी आइ गाडी दुर्घटना

काठमाडौ भदौ १०
दक्षिणकाली नगरपालिका बस पार्क स्थित बा ७ च ७२ नम्बरको गाडी काठमाडौंबाट फर्पिङ तर्फ आउदै गर्दा गाडी ब्रेक फेल भएर दुर्घटना हुन पुग्यो तर मानवीय क्षति   भने भएको छैन   

Thursday, 23 August 2018

अब औषधिको मूल्य सरकारले नै तोक्ने, मनपरी मूल्य लिने फार्मेसीको पसल बन्द हुने

काठमाडौ भदौ ८ देशभरका औषधि पसलले मनपरी मूल्य लिदै बिरामी भएको फाइदा लुटिरहेको बेला अब भने सरकारले यसको समाधान खोज्ने भएको छ । सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ’ भन्ने उल्लेख छ । ‘अब औषधिको अधिकतम् मुल्य तोक्ने नियम बन्छ’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ‘मुलुकमा विक्रिवितरण हुने (स्वदेशी/विदेशी) औषधिमा सरकारले तोकेको अधिकतम् मुल्य भन्दा बढी लिन पाइने छैन।’ आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ । यो खबर अतुल मिश्रले लेखेका हुन् ।

नेपाल सरकारले जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधानसंगै यसको मुल्यसमेत तोक्न सक्ने व्यवस्था गर्न लागेको हो। ‘जेनरिक औषधि भित्रसमेत प्रतिस्पर्धा छ’, ढकालका अनुसार यसले गर्दा विरामीले उचित मुल्यमा औषधि पाउने अवस्था आउने छ।

हालसम्म औषधिमा देखिएको गैरनैतिक क्रियाकलाप, वोनसको होडवाजीलगायतकालाई नियन्त्रण गर्ने एउटै तरिका औषधिको मुल्य सिमा निर्धारण गर्नु रहेको नेपाल फार्मेसी परिषद्का पुर्व अध्यक्ष एवं बरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाई बताउँछन्। उनका अनुसार केहि औषधि कम्पनीहरु औषधि प्रस्तावक र खुद्रा विक्रेता दुवैलाई प्रभावमा लिने रणनीति अपनाउँछन्।

यस अन्तर्गत प्रभावमा पार्न वोनस दिने, लाभको सामाग्री हरु दिने, अन्य प्रकृयाले लाभ दिने आदि गर्दा प्रस्तावक र विक्रि गर्ने त्यहि औषधि लेख्न र बेच्न वाध्य हुन्छन्। सरकारले मुल्य निर्धारण गर्दा नोक्सानी केहि नरहेको दाबी गर्दै यसले उपभोक्तालाई सस्तो मुल्यमा औषधि पाइनेसमेत उनको दाबी छ।

हाल उत्पादक र उपभोक्ताले फाइदा नपाएर वीचका खुद्रा व्यापारीले फाइदा पाइरहेको दाबी गर्दै हुमागाइ भन्छन्, ‘औषधि कम्पनीले ४०–५० प्रतिशत बोनस दिने त्यो वीचकोले खाने उपभोक्ताले केहि नपाउने अवस्था छ।’ औषधिमा वोनस बाहेह खुद्रा व्यापारीले लिने नाफा १६ प्रतिशत रहेको बताइएको छ।

यस्तै थोक औषधि व्यापारीले ७ देखि १० प्रतिशतसम्म नाफा लिन पाउँछन्। यति मात्र नभइ सरकारी, सामुदायिक, निजी, गैरनाफामुलुक जुनसुकै अस्पतालले दक्ष फार्मासिष्टको संलग्नतामा फार्मेसी सेवा आफै सञ्चालन गर्ने व्यवस्थासमेत आवश्यक रहेको अधिकारीहरुको भनाई रहेको छ। नेपाल औषधि व्यवसायी संघको पनि यसमा सहमति रहेको छ।

मुल्य बजारले निर्धारण गर्ने जनाउँदै श्रेष्ठले अगाडी थपे, ‘सरकारले गुणस्तर नियन्त्रण, परीक्षण, कर दिएको वा नदिएको आदि हेर्ने हो।’ मुलुकमा औषधिको वार्षिक कारोवार बारे आधिकारिक तथ्याङ्क नरहेपनि वर्षेनी करिव ४० अर्वको औषधिको व्यापार हुने गरेको आंकलन गरिएको ढकाल बताउँछन।

अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधिको मुल्य तोक्नु पर्ने संघको धारणा रहेको बताउँछन्। श्रेष्ठ भन्छन–‘मुल्यमा धेरै छाडापन बढेको छ।’ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष उमेश लाल श्रेष्ठको भने यसमा फरक मत रहेको छ। उनी ‘फ्रि मार्केट इकोनमी’ सरकारले मुल्य तोक्न नहुने बताउँछन्।

श्रेष्ठ प्रश्न गर्छन्, ‘चामल, दाल तेलको मुल्य तोक्न नसकेको सरकारले के आधारमा औषधिको मुल्य तोक्ने, हचुवा आधारमा तोक्ने हो?’ मुलुकमा स्वदेशी औषधि कम्पनीहरुलाइ कुनै पनि राहत, सुविधा आदि नभएको उल्लेख गर्दै जेनरिक बनाउने वित्तिकै औषधि सस्तो हुन्छ भन्ने गलत फहमी रहेको उनले बताए।

औषधिको निश्चित मूल्य तोकेमा सर्बसाधारण निकै लाभान्वित हुनेछन ।